कैलाली–५ बाट आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस, आकांक्षी धेरै भएपछि सर्वसम्मत निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय कमिटीले आकांक्षीको संख्या बढी भएपछि सर्वसम्मत रुपमा आरजु राणा देउवा, नरनारायण शाह (मनु), डिल्लीराज पन्तनृप वडको नाम जिल्ला कमिटीमा पठाएको क्षेत्रका प्रवक्ता प्रदीप पाठकले जानकारी दिए।

नियमअनुसार प्रत्येक क्षेत्रबाट तीन जनाको मात्रै नाम सिफारिस गर्ने व्यवस्था भए पनि, यसपटक इच्छुक अधिक भएकाले चार जनाको सूची सर्वसम्मतिले तय गरिएको प्रवक्ता पाठकले बताए। शाह पूर्व सभापति, पन्त निर्वतमान प्रतिनिधिसभा सदस्य तथा वड धनगढी उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हुन्।

आरजु राणा देउवा ०७४ सालको प्रतिनिधिसभा चुनावमा धनगढीबाट प्रतिस्पर्धा गरेकी थिइन् तर UML का नारदमुनि रानासँग पराजित भएकी थिइन्। ०७९ को निर्वाचनमा पनि उनको नाम चर्चा भए पनि अन्तिममा समानुपातिकतर्फबाट मात्रै प्रतिस्पर्धा गरिन्।

प्रवक्ता पाठकका अनुसार क्षेत्रीय कमिटीले मंगलबारभित्र सिफारिस जिल्ला कार्य समितिमा बुझाइसक्नुपर्ने तालिका तोकिएको छ। जिल्लाले प्राप्त नाम प्रदेश समितिमा पठाउनेछ र प्रदेशले त्यसलाई केन्द्रमा सिफारिस गर्ने प्रक्रिया अघि बढ्नेछ।

यस्तै, समानुपातिकतर्फ धनगढी क्षेत्रबाट ११ जनाको नाम सिफारिस गरिएको छ। यीमध्ये जीवन राना, गौरिकुमारी लामा, मनिराम देवल, सुशीला मिश्र, सुनिता राना, पुष्पा जोशी भट्ट, निपा चोखाल, जागृति बोगटी, टेकबहादुर रैका, प्रमिला लम्साल र नरबहादुर बम परेका छन्।

राष्ट्रिय सभा सदस्यका लागि भने रीता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम सिफारिस गरिएको पाठकले जानकारी दिए।