सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवतीको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा एक युवक र युवती मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान करिब ११:३० बजे घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार दुवै जना रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। मृतकहरूको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। युवकको उमेर करिब २१ वर्ष र युवतीको करिब २० वर्ष रहेको अनुमान गरिएको छ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। साथै, थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा पाँच जनाको टोली पनि पठाइएको डीएसपी बुढथापाले बताए।

प्रहरीले शवको मुचुल्का अटेर तथा प्रारम्भिक प्रमाण संकलनको प्रक्रिया अगाडि बढाइरहेको र घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।