स्वास्थ्य मन्त्रालयको आह्वान: जेन–जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण छिटो सम्पन्न गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालैका जेन-जी प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण कार्यमा सहजीकरण गर्न सम्बन्धित निकायहरूलाई समन्वय गर्न आह्वान गरेको छ। मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गृह मन्त्रालयले कात्तिक २५ गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई घाइतेहरूको वर्गीकरण कार्य यथाशीघ्र सम्पन्न गरी स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन गरिसकेकोले, सो कार्य ‘जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार समयमै सम्पन्न गर्न अनुरोध गर्दछौँ।”

यसका लागि जिल्लास्तरीय अस्पतालका प्रमुख, विशेषज्ञ चिकित्सक र स्वास्थ्य कार्यालय प्रमुखहरूबाट सक्रिय सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ। सरकारले यसअघि नै प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयोजकत्वमा ८ सदस्यीय जिल्लास्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गरेको छ। समितिले घाइतेहरूको वर्गीकरणको काम गर्नेछ र आवश्यक परेमा स्थानीय स्वास्थ्य संस्थाहरूको सहयोग लिनेछ।

गृह मन्त्रालयले कात्तिक २५ गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई घाइतेहरूको विवरण संकलन गरी स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक समितिमा पठाउन पत्राचार गरिसकेको जनाएको छ। यो प्रक्रिया अन्तर्गत घाइतेहरूको अवस्थाअनुसार वर्गीकरण, उपचार र आवश्यक राहत व्यवस्थापनको तयारी गर्न सरकारले तिब्रता दिएको छ।