रसुवामा जङ्गली भालुको आक्रमण, दुई जना गम्भीर घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवाको दक्षिणी खाल्चेत क्षेत्रमा आइतबार जङ्गली भालुको आक्रमणमा परेर दुई जना गम्भीर घाइते भएका छन्। घाइतेहरूमा नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्।

स्थानीयका अनुसार दुबै जना निजी जग्गामा घाँस काटिरहेका बेला लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट आएको भालुले अचानक आक्रमण गरेको हो। तीव्र रूपमा आक्रमण हुँदा दुबै जनाले गम्भीर चोटबहन गर्नुपरेको स्थानीय रामप्रसाद पौडेलले बताए।

घाइतेहरूलाई स्थानीयस्तरमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन्।