१५औँ महाधिवेशनलाई लिएर कांग्रेसमा गगन–देउवा पक्षबीच विवाद चर्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच विवाद चर्किएको छ। दुवै पक्षले आ–आफ्नो महाधिवेशन प्रक्रियामा सहभागी हुन नेता तथा कार्यकर्तालाई सार्वजनिक आह्वान गरेका छन्।

सभापति थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन आग्रह गर्दै संवाद, सहमति र विधिबाट आन्तरिक मतभेद समाधान गर्नुपर्ने बताएका छन्। कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।

यता, पूर्वसभापति देउवाले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै असोज ३ बाट सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गरेका छन्। देउवा पक्षले भने मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।

यसैबीच, कांग्रेसले १५औँ महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी गरेको छ। निर्देशिकाअनुसार सभापतिका लागि उम्मेदवारी दस्तुर ४० हजार रुपैयाँ तोकिएको छ भने विभिन्न पदका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।