चार महिनाको बिरामी छोराको हत्या गर्ने असई नागढुंगाबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिने बिरामी छोराको हत्या गरेको घटना सार्वजनिक भएको छ। आइतबार दिउँसो सिनामंगलस्थित डेरामा कार्कीले काखेको छोराको घाँटी थिचेर हत्या गरेका थिए। मृतक बालक ब्रेन ट्युमरबाट पीडित रहेका थिए।

प्रहरीका अनुसार छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग विवाद चर्किएपछि कार्कीले यस्तो कदम चालेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनले श्रीमतीलाई समेत कुटपिट गरी घाइते बनाएका थिए। अहिले कृष्णालाई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ।

असई कार्कीकी श्रीमती कृष्णा पनि प्रहरी जवान हुन् र दुवैजना काठमाडौंस्थित विमानस्थलमा कार्यरत रहेका छन्।

घटनापछि फरार भएका कार्कीलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। कार्कीलाई परिसरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।