समानुपातिकतर्फ निर्वाचनका लागि पहिलो दिन ३३ दल दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि आजबाट खुला गरिएको दल दर्ता प्रक्रियामा पहिलो दिन ३३ दलले निवेदन दिएका छन्। आयोगले मंसिर २३ गतेसम्म दर्ता आवेदन लिनुपर्ने समय तोकेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त निवेदनहरू अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने तयारी गरिएको छ। समानुपातिक प्रणालीका उम्मेद्वारहरूको बन्दसूची पुस १३ र १४ गते पेश गर्ने समय निर्धारण गरिएको छ।

प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गरिनेछ भने दाबी–विरोध तथा छानबिनपछि माघ २० गते अन्तिम बन्दसूची सार्वजनिक गरिने तालिका छ।

प्रतिनिधिसभामा कुल २७५ सदस्य रहने व्यवस्था अनुसार १६५ जना प्रत्यक्षतर्फबाट र बाँकी ११० जना समानुपातिक प्रणालीबाट चयन हुने कानुनी प्रावधान छ। प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको मिति माघ ६ गते तय गरिएको छ।