नेपाली कांग्रेसको पाँच सदस्यीय निर्वाचन समिति पूर्ण, दुई नयाँ सदस्य मनोनीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको निर्वाचन समितिले पूर्णता पाएको छ। पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आइतबार दुई सदस्य मनोनीत गरेसँगै समिति पाँच सदस्यीय बनेको हो।

खड्काले वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई केन्द्रीय निर्वाचन समितिको सदस्यमा मनोनीत गरेका छन्।

यसअघि नै समिति संयोजकमा खम्बबहादुर खाती रहँदै आएका छन् भने सदस्यमा एगराज पोखरेल र तेज रावलपहिले नै समावेश थिए। नयाँ मनोनयनसँगै कांग्रेसको निर्वाचन समितिले औपचारिक रूपमा पूर्णता पाएको छ।