अभिनेता पल शाह समाजसेवामा सक्रिय, ‘हामी छौं फाउन्डेसन’ स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अभिनय र मोडलिङबाट परिचित पल शाह अब समाजसेवा क्षेत्रमा सक्रिय भएका छन्। उनले सामाजिक संस्था ‘हामी छौं फाउन्डेसन’ स्थापना गर्दै शिक्षा, स्वास्थ्य र समुदाय कल्याणका कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

शनिबार संस्थाको औपचारिक घोषणा गरिएको थियो। पहिलो कार्यक्रमअन्तर्गत शंखमुलस्थित सुकुम्बासी बस्तीमा स्वास्थ्य शिविर आयोजना गरियो। शाहले दुर्गम तथा सेवामा पहुँच नपुगेका क्षेत्रका मानिसलाई सहयोग गर्ने आफ्नो उद्देश्य स्पष्ट पारे।

संस्थाले प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, आर्थिकरूपमा कमजोर परिवारका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने र विपद् व्यवस्थापनमा तत्काल राहत प्रदान गर्ने योजना बनाएको छ। यस अवसरमा शाहले संगीतका १५ विद्यार्थीलाई एक वर्षको छात्रवृत्ति दिने घोषणा पनि गरे।

पल शाहले बताए अनुसार आफ्नो पछिल्लो फिल्म ‘मोहर’ बाट प्राप्त पारिश्रमिकको १० प्रतिशत संस्थामा खर्च गरिनेछ। उनी भविष्यमा दुर्गम जिल्लामा शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रम विस्तार गर्ने योजना राखेका छन्