प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज (शुक्रबार) अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सर्वपक्षीय बैठक बस्ने भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन तथा प्रतिनिधिसभा निर्वाचनसम्बन्धी तयारी, व्यवस्थापन र आवश्यक समन्वयबारे विस्तृत छलफल हुने छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू सहभागी हुनेछन्। साथै निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा उपस्थित रहने बताइएको छ।
बैठकले आगामी चुनावका लागि आवश्यक सुरक्षा, बजेट, प्राविधिक तयारी र समयसारिणीसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया