बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली चलेको घटनाबारे मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो। समितिमा प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य रहेका छन्। समितिलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
शनिबार १५ शय्याको नवनिर्मित अस्पताल उद्घाटनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए। प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका थिए।
झडपका क्रममा १० वटा मोटरसाइकल जलाइएको थियो भने अस्पतालको शिलालेखमा समेत तोडफोड गरिएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको जिम्मेवारीसमेत खोसिएको छ।







प्रतिक्रिया