राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउन सातवटा उपसमिति गठन गरेको छ।
पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि विभिन्न उपसमिति गठन गरिएको हो।
जसअनुसार क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, क्षमता विकास समन्वय उपसमितिमा टासी ल्हाजोम, व्यवस्थापन उपसमितिमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई तोकिएको छ।
यसैबीच, रास्वपाले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुला गरेको छ।
पार्टीको विज्ञप्तिअनुसार इच्छुक व्यक्तिहरूले क्यान्डिडेट क्लबमार्फत उम्मेदवारीका लागि आवेदन दिन सक्नेछन्।







प्रतिक्रिया