देवीनगरमा अनधिकृत संरचनामा महानगरले चलायो डोजर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं महानगरपालिकाले वडा नम्बर १० देवीनगरस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ। भद्रकुमारी घले स्पोर्ट्स पार्क निर्माणका लागि तोकिएको स्थानमा रहेका अवैध संरचनालाई शुक्रबार डोजर प्रयोग गरी हटाइएको हो।

महानगर प्रहरी बलका एसपी मनोज प्रसाद लामिछानेका अनुसार केही दिनअघि शिलान्यास गरिएको स्पोर्ट्स पार्क निर्माणको तयारीस्वरूप अतिक्रमित संरचना हटाइएको हो।

पार्क निर्माणका लागि तोकिएको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा (करीब २,८८० वर्गमिटर) रहेको छ। पार्कभित्र खुला व्यायामशाला, व्याडमिन्टन कोर्ट, फुटसल मैदान लगायतका खेल पूर्वाधार निर्माण गरिने महानगरले जनाएको छ।