नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै असंवैधानिक ढंगले काम गरिरहेको आरोप लगाएका छन् । शुक्रबार नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्ड घोषणा कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा पुनर्स्थापना गरेर लोकतन्त्रको पुनर्जीवन गराउने दाबी गरे ।
अध्यक्ष ओलीले हालै देखिएका जेन–जी आन्दोलन र विभिन्न ठाउँमा भएका झडपलाई सरकारले राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको आरोप लगाए । उनले भने, “अस्ति एमालेमाथि ढुङ्गा हान्न आए, हिजो प्रहरीमाथि ढुङ्गा हान्न गए। यस्ता गतिविधि प्रोत्साहन गरेर सरकारले जनता तर्साउने प्रयास गरिरहेको छ।”
प्रधानमन्त्रीले ‘अझ ठूलो विद्रोह आउन सक्छ’ भनिएको अभिव्यक्तिका प्रश्न उठाउँदै ओलीले यस्तो चेतावनी जनतालाई धम्क्याउने उद्देश्यले गरिएको बताइनुभयो । “प्रधानमन्त्रीले डर देखाएर देश चलाउने कि? यो अनुमान हो वा योजना?” भन्दै उनले चासो व्यक्त गरे।
ओलीले संविधानअनुसार नबनेको सरकारबाट जेन–जीको माग पूरा नहुने स्पष्ट उल्लेख गर्दै लोकतन्त्र पुनःस्थापित गर्नु नै प्रमुख prioriy भएको बताए । “लोकतन्त्र फिर्ता ल्याउनुपर्छ भन्न नपाइने? संविधान मास्न दिइँदैन। देशलाई माया गर्न सिक्नुपर्छ,” उनले जोड दिए।
उनका अनुसार देश गम्भीर समस्याबाट गुज्रिरहेको छ र शान्तिको सट्टा अराजकताले स्थान लिएको छ । ओलीले जनतालाई अपील गर्दै राजनीतिक स्थिरता र लोकतान्त्रिक मूल्यको रक्षा सबैको प्राथमिकता हुनुपर्ने बताए।







प्रतिक्रिया