अनधिकृत कागजात बनाएर जापान जाने तयारी, तिलोत्तमा नगरपालिकाले कम्प्युटर अपरेटरलाई बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही । जापानमा आयोजना हुन लागेको एसिया स्मार्ट सिटी कन्फरेन्स २०२५ मा सहभागी हुने बहानामा अनधिकृत कागजात तयार पारेको आरोपमा तिलोत्तमा नगरपालिकाले आफ्नै कम्प्युटर अपरेटरलाई बर्खास्त गरेको छ। बुधबार बसेको नगर प्रमुख स्तरीय बैठकले करार सेवामा कार्यरत सञ्जु पौडेललाई तत्काल प्रभावबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

नगरपालिकाको तर्फबाट स्वास्थ्य शाखाका केशव भट्टराई र योजना शाखाकी सीता भण्डारी भुसालसहित पौडेलको नाम सम्मेलनमा पठाइएको थियो। तर पौडेलको सिफारिसबारे शंका उठेपछि आन्तरिक छानबिन गर्दा उनले कार्यालयको स्वीकृति र समन्वयबिना कागजात तयार गरेको पुष्टि भएको नगरप्रमुख रामकृष्ण खाँणले बताएका छन्।

नगरपालिकाले २३ कात्तिकमा तीनै जना कर्मचारीको भ्रमण रद्द गर्न पत्राचार गरेको र आयोजक संस्थाले २४ कात्तिकमा भ्रमण रद्द भएको जानकारी पठाएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जनाएका छन्।

नगरपालिकाको विज्ञप्ति अनुसार, पौडेलले कार्यालयको कागजात अनधिकृत रूपमा प्रयोग गरेको प्रमाणित भएकाले २६ कात्तिकको निर्णयअनुसार उनलाई आजैदेखि बर्खास्त गरिएको छ।