काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सानो वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई हजार एक सय रुपैयाँले घटेर दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कायम भएको छ। मंगलबार सुनको मूल्य दुई लाख ४६ हजार चार सय रुपैयाँ प्रतितोला थियो। त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले बढेर तीन हजार १,१७५ रुपैयाँ प्रतितोला पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला तीन हजार १,१७० रुपैयाँमा कारोबार भएको थियो। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको घटबढको प्रभाव स्थानीय बजारमा पनि प्रत्यक्ष रूपमा परेको हो।








प्रतिक्रिया