दिल्ली कार विस्फोटमा मोदीको चेतावनी : “षड्यन्त्रकारीहरूलाई नछोडिने”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा भएको कार विस्फोटमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। भुटान भ्रमणका क्रममा उनले भने, “म यो घटनाको छानबिन गरिरहेका सबै निकायहरूसँग निरन्तर सम्पर्कमा छु। हाम्रा निकायहरू यो षड्यन्त्रको जगसम्म पुग्ने छन्, कसैलाई नछोडिनेछ।” सोमबार साँझ लालकिल्लानजिक भएको कार विस्फोटमा आठ जनाको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ। घटनापछि अहिलेसम्म कसले विस्फोट गरायो भन्नेबारे कुनै समूहले जिम्मेवारी लिएको छैन। प्रहरीका अनुसार, मृतकमध्ये छ जनाको पहिचान भइसकेको छ र पाँचवटा शवको पोस्टमोर्टम पनि सम्पन्न भएको छ।

लालकिल्ला क्षेत्र तीन दिनका लागि बन्द गरिएको छ भने दिल्ली र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। भीडभाड हुने स्थानहरूमा प्रहरीको उपस्थितिलाई बढाइएको छ, साथै मुम्बईमा पनि सुरक्षा कडाइ गरिएको छ।