प्रधानमन्त्री सुशीला कार्कीद्वारा दिल्ली विस्फोटप्रति दुःख व्यक्त, भारतसँग ऐक्यबद्धता प्रकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले भारतको दिल्लीमा भएको विस्फोटप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै विस्फोटमा परेका परिवारप्रति समवेदना प्रकट गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले लेखेकी छन् —

“हिजो साँझ भएको दुःखद् दिल्ली विस्फोटबाट म स्तब्ध र दुःखी छु। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु। यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ।”

उनले घाइतेको स्वास्थ्य लाभको कामना गर्दै भारतको सुरक्षाप्रतिको चिन्ता पनि व्यक्त गरेकी छन्। दिल्लीमा सोमबार साँझ भएको उक्त विस्फोटमा केही जनाको मृत्यु र दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।