सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंकले बढेर २,९३६ अंकमा कायम भएको छ। दिउँसो २:३४ बजे २,९११ अंकसम्म झरेको बजार त्यसपछि अन्तिम समयसम्म उकालो लाग्यो।
कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २३ अर्ब ५९ करोडको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोडमा सीमित भएको नेप्सेले जनाएको छ। आज १०२ कम्पनीको मूल्य बढ्दा १५४ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५३ प्रतिशतले बढेको छ। फाइनान्स ०.२०, हाइड्रोपावर ०.९६, लगानी ०.७२, माइक्रोफाइनान्स ०.४३ र अन्य समूह ०.०१ प्रतिशतले बढे। बैंकिङ ०.२७, विकास बैंक ०.५०, होटल तथा पर्यटन ०.८६, जीवन बीमा ०.४८, निर्जीवन बीमा ०.०४ र व्यापार समूह ०.५९ प्रतिशतले घटेका छन्।
आज ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनी हुन्: रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इन। फस्र्ट माइक्रोफाइनान्सको ८.९६, आशा लघुवित्तको ८.८२ र मेरो माइक्रोफाइनान्सको ८.१८ प्रतिशत मूल्य बढेको छ।
आज सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी सिन्धु विकास बैंक रहेछ, जसको मूल्य ३.२३ प्रतिशतले घटेको छ। सबैभन्दा बढी कारोबार भएका पाँच कम्पनीमा कुमारी बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप रहेका छन्।









प्रतिक्रिया