रौतहट–४ मा ऋषि धमलाको १२ लाख ६५ हजार चुनावी खर्च, पाए ६५५ मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका Rishi Dhamala ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।

Election Commission Nepal मा बुझाएको विवरणअनुसार धमलाले निर्वाचनमा कुल १२ लाख ६५ हजार रुपैयाँ खर्च गरेका छन्।

खर्च विवरणमा मनोनयन दर्ताका लागि १० हजार रुपैयाँदेखि हवाई भाडा, सवारी साधन भाडालगायत विभिन्न शीर्षकमा खर्च समावेश गरिएको छ। सवारी साधन भाडामा ३ लाख, इन्धनमा २ लाख ४६ हजार, खाना–खाजामा १ लाख २८ हजार, प्रचार सामग्रीमा ५ लाख ४४ हजार १८६ र हवाई भाडामा ३६ हजार २८५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

Aam Janata Party बाट उम्मेदवार बनेका धमलाले उक्त निर्वाचनमा ६५५ मत मात्र प्राप्त गरेका थिए।