निर्वाचनमा खटिएका प्रहरीको बिहीबार बिदाइ गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ।

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा ३ हजार ८५४, भक्तपुरमा १ हजार ९३ तथा ललितपुरमा १ हजार ५९६ जना निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन्।

महानिरीक्षक कार्कीका अनुसार निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण वातावरण कायम राख्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायबीच समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको थियो।

मतदानको दिनदेखि मतगणनाको चरणसम्म सुरक्षा व्यवस्थाको राम्रो प्रबन्ध गरिएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको उनले बताए। निर्वाचनमा खटिएका प्रहरीले जिम्मेवारीका साथ आफ्नो कर्तव्य पूरा गरेको महानिरीक्षक कार्कीले उल्लेख गरेका छन्।