समानुपातिकतर्फ पनि रास्वपाको अग्रता, प्रारम्भिक मतगणनामा ५७ प्रतिशतभन्दा बढी मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पार्टीकोप ६६७ मत प्राप्त भएको छ ।

समानुपातिकतर्फ पनि रास्वपाको अग्रता, प्रारम्भिक मतगणनामा ५७ प्रतिशतभन्दा बढी मत

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ। प्रारम्भिक मतगणनाको तथ्यांकले रास्वपाले अन्य दलभन्दा स्पष्ट अग्रता बनाएको देखाएको हो।

हालसम्म ४५ हजार २६१ मत गणना हुँदा रास्वपाले २६ हजार ७२ मत प्राप्त गरेको छ। यो कुल गणना भएको मतको करिब ५७.६० प्रतिशत हो।

त्यस्तै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। कांग्रेसले ८ हजार २३२ मत प्राप्त गरेको छ, जुन कुल गणना भएको मतमध्ये करिब १८.१८ प्रतिशत हो।

तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ। राप्रपाले ३ हजार ५७२ मत प्राप्त गरेको छ भने नेकपा (एमाले)ले ३ हजार ५२३ मत पाएको छ।

त्यसैगरी श्रम संस्कृति पार्टीले १ हजार ११२ मत प्राप्त गरेको छ भने नेकपाले १ हजार ५४ मत पाएको छ।

अन्य दलतर्फ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले ६६७ मत प्राप्त गरेको प्रारम्भिक मतगणनामा देखिएको छ।