भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। उनले ३४ हजार ७०२ मत प्राप्त गर्दै प्रतिस्पर्धामा अग्रता कायम गर्दै जित हासिल गरेका हुन्।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यस निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार महेश बस्नेत दोस्रो स्थानमा सीमित भएका छन्। बस्नेतले ८ हजार ३५१ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले ७ हजार ३२१ मत पाएका छन्।

बस्नेतमाथि विभिन्न आरोप लगाउँदै चर्चामा आएकी उम्मेदवार शोभा पाठक भने अत्यन्त न्यून मतमा सीमित भएकी छन्। नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक (शोभा)ले जम्मा १९ मत मात्र प्राप्त गरेकी छन्। धादिङकी उनी बस्नेतलाई हराउने उद्देश्यसहित भक्तपुर–२ मा उम्मेदवार बनेकी थिइन्। बस्नेतविरुद्ध उनको प्रचारका कारण रास्वपाका उम्मेदवार खत्रीको मत बढ्न सहयोग पुगेको अनुमान गरिएको छ।

अन्य उम्मेदवारमध्ये नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले २ हजार ९४१ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटाले १ हजार ११४ मत पाएका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापाले ९०१ मत, श्रम संस्कृति पार्टीका अर्जुन बासुले ५९३ मत तथा उज्यालो नेपाल पार्टीका जितराम लामाले ३३६ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार आनन्द कार्कीले १३७ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रकाशराज ढुङ्गेलले ३८ मत र स्वतन्त्र उम्मेदवार साजन ढकालले ३३ मत प्राप्त गरेका छन्।