स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धनञ्जय रेग्मी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकालले १८ हजार ८५७ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार मीनबहादुर गुरुङले १६ हजार ८०४ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत प्राप्त गरेका छन्।

मत परिणामसँगै स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी भएका हुन्।