Ali Khameneiको मृत्यु भएको भोलिपल्ट ६७ वर्षीय Alireza Arafiलाई इरानको नयाँ अन्तरिम सर्वोच्च नेताको जिम्मेवारी दिइएको छ।
आराफी खामेनेईका निकट सहयोगी मानिन्छन् र उनले लामो समयदेखि इरानको धार्मिक तथा राजनीतिक व्यवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनी Assembly of Expertsका उपाध्यक्ष हुन्। उक्त निकायले नै स्थायी सर्वोच्च नेता चयन गर्ने संवैधानिक अधिकार राख्छ।
आराफी यसअघि Guardian Councilका सदस्य समेत रहिसकेका छन् भने हाल इरानको सेमिनरी प्रणालीको नेतृत्व गरिरहेका छन्।
इरानको संविधानको धारा १११ अनुसार नयाँ सर्वोच्च नेता चयन नहुँदासम्म अस्थायी परिषदले देशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। सोही प्रावधानअनुसार आराफीसहितको तीन सदस्यीय परिषद गठन गरिएको हो। उक्त परिषदमा राष्ट्रपति Masoud Pezeshkian र सर्वोच्च अदालतका मुख्य न्यायाधीश Gholam Hossein Mohseni-Ejei पनि सदस्य रहनेछन्।
खामेनेईको निधनपछि इरानमा ४० दिनको राष्ट्रिय शोक र सात दिनको सार्वजनिक बिदा घोषणा गरिएको जनाइएको छ। स्थायी सर्वोच्च नेताको चयन भने एसेम्बली अफ एक्सपर्ट्सले औपचारिक प्रक्रिया पूरा गरेपछि गर्नेछ।







प्रतिक्रिया