भैरहवा र पोखराको चुनावी सभा स्थगित, रास्वपाको रणनीति परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

https://npcdn.ratopati.com/media/news/rsp-karnali_v6It7fhaYl.jpg
https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/2f/Rabi_Lamichhane_RSP.jpg/250px-Rabi_Lamichhane_RSP.jpg
https://i.guim.co.uk/img/media/64dd5054821aad1de99251199ad91f18c229179f/282_0_4560_3648/master/4560.jpg?auto=format&fit=crop&height=1200&quality=85&s=4ac0707f320f0957d674e9cb342d0ecc&width=1200

4

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको निर्वाचन प्रचारअन्तर्गत भैरहवा र पोखरामा तय गरिएका चुनावी सभा स्थगित गरेको छ।

रास्वपाले सुदूरपश्चिमबाट ‘परिवर्तनको उद्घोष सभा’ सुरु गरेको थियो। फागुन ६ गते धनगढीमा आयोजित पहिलो सभामा उल्लेख्य जनसहभागिता रहेको थियो। त्यसपछि फागुन ७ गते सुर्खेतमा दोस्रो सभा गर्दै पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो।

आज दाङमा आयोजित सभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गरेका छन्। यसअघि धनगढी र सुर्खेतका सभामा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) समेत सहभागी भएका थिए।

विशेष कारण देखाउँदै सभा स्थगित

रास्वपाले फागुन ९ मा भैरहवा र फागुन १० मा पोखरामा उद्घोष सभा गर्ने तय गरेको थियो। तर शुक्रबार बिहान सहप्रवक्ता प्रतिभा रावलले सूचना जारी गर्दै दुवै कार्यक्रम हालका लागि स्थगित गरिएको जानकारी दिइन्।

सूचनामा भनिएको छ, ‘पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहज्यूको जनसम्बोधन कार्यक्रम विशेष कारणले हालका लागि स्थगित गरिएको जानकारी गराइन्छ।’

अब साना सभा र घरदैलो अभियानमा जोड

रास्वपाको ‘विशेष कारण’बारे पार्टीको रिसर्च टिमका एक सदस्यले चुनावी अभियानको ढाँचा परिवर्तन गरिएको बताए। उनका अनुसार ठूला सभामा केन्द्रित हुँदा मतदातालाई असुविधा भएको र सबै जिल्लामा प्रभावकारी रूपमा प्रचार पुग्न नसकेको निष्कर्ष निकालिएको छ।

अब पार्टीले आधा घण्टादेखि एक घण्टासम्मका साना कार्यक्रम निर्वाचन क्षेत्रमै केन्द्रित गर्ने रणनीति बनाएको जनाएको छ। रिसर्च टिमले साना सभा र घरदैलो कार्यक्रम बढी प्रभावकारी हुने सुझाव दिएपछि नेतृत्वले सोही अनुसार चुनावी रणनीति परिमार्जन गरेको बताइएको छ।

यस निर्णयसँगै भैरहवा र पोखरामा तय गरिएका प्रदेशस्तरीय उद्घोष सभा स्थगित गरिएको रास्वपाले जनाएको छ।