मुग्लिन–काठमाडौं सडकखण्डमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटनामा परेको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको बा२ख ३७१८ नम्बरको माइक्रोबस शुक्रबार इच्छाकामना गाउँपालिका–३मा गति अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।