भदौ २४ को घटना अप्रत्याशित रुपमा भएको होइन- ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ को महाविनाश अप्रत्याशित घटना नभएको बताएका छन् ।एमालेको चुनावी घोषणा पत्र सार्बजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भदौ २४ को घटना अप्रत्याशित नभएको दाबि गर्दै यो लोकतन्त्रविरुद्धको लामो समयदेखिको योजनाबद्ध आक्रमण भएको दाबी गरेका हुन् ।

उनले विचारहीन र दिशाहीन स्टन्टबाट एमाले टाढा रहेको बताउदै आफुहरुको गन्तव्य विकास र समृद्धि भएको बताएका छन् ।

उनले सिंहदरबार, सर्वोच्च अदालतलगायतका जलाइएका संरचना पुनर्निर्माण गर्ने र निजी क्षेत्रको टुटेको विश्वासलाई जोड्ने जिम्मेवारी एमालेको काधमा आएको बताए ।

पुस्तान्तरणको भ्रम फैलाइएको भन्दै ओलीले देश पुस्ताको द्वन्दले नबन्ने स्पष्ट गरे । ओलीले युवा भनेको आगो र अनुभव उज्यालो भएको भन्दै आगो र उज्यालो एकसाथ आएर देश बनाउनु पर्ने बताए ।

उनले यो निर्वाचन देश भत्काउने र बनाउने बीचको लडाई भएको भन्दै एमाले देश बनाउने पार्टी भएको बताए ।

एमालेले जिम्मेवारी पाएको समयमा काम गरेर देखाएको भन्दै सबै मतदातालाई संबिधानको रक्षा गर्न र लोकतन्त्रलाई बचाउन मतदान गर्न आव्हान समेत गरेका छन् ।