सुर्खेतमा छोराले आमाको हत्या गरेको आरोपमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत — आफ्नै आमा ५० वर्षीया धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका–१२ मसिनाटोलका ३० वर्षीय कबिराम बस्नेतलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार कबिरामले फरूवाले आक्रमण गर्दा आमाको टाउकोमा गम्भीर चोट लागेको थियो। घटना जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

गम्भीर घाइते भएकी धनिकलाको कर्णाली प्रदेश अस्पताल कालगाउँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको छ।