राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आज बिहान ११ बजे झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनलाई सो समय तोकिएको हो।
त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय दिइएको छ। यसअघि साढे १२ बजे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रञ्जित तामाङलाई समय तोकिएको कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसका उम्मेदवारलाई दिउँसो २ बजे बोलाइएको छ भने अन्य स्वतन्त्र उम्मेदवारहरूलाई दिउँसो ४ बजेदेखि समय दिइएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि आज मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।







प्रतिक्रिया