मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोक क्षेत्रबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र १–०२–०५० प १९६० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मोटरसाइकल चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ। यस्तै मोटरसाइकलको पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङको साथबाट ९ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधसहित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
लागुऔषध नियन्त्रण तथा ओसारपसार रोक्न जिल्लाभर नियमित निगरानी र चेकजाँच अभियानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया