मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले सोमबार प्रदेश सभाबाट राजीनामा दिएका छन्।
सिंहले प्रदेश सभाका सभामुख समक्ष आफ्नो राजीनामा बुझाएका हुन्। उनी जनमत पार्टीबाट सप्तरी–‘क’ क्षेत्रबाट निर्वाचित थिए। राजीनामा दिएसँगै सिंहले जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पूर्ण रुपमा अलग भएको बताए।
सिंहले आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वाभिमान पार्टीबाट उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताएका छन्।







प्रतिक्रिया