काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।

पाण्डेले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ-४ बाट उम्मेदवारी दिने चर्चा चलेको छ। यसअघि मेयर बालेन शाहले पनि पदबाट राजीनामा दिने भएपछि, पाण्डेले महानगरमा नबस्ने स्पष्ट पारेका थिए।