नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ रहेको थियो।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार चाँदी तोलामा २० रुपैयाँले घटेर ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागअनुसार सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको महासङ्घले जनाएको छ।