सोलु हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण शेयर निष्काशन गरेकोमा ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ताका लागि आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन आएपछि गोलाप्रथा मार्फत बाँडफाँट गरिएको थियो। यस अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ जनाले १० कित्ताको शेयर प्राप्त गरेका छन् भने १० कित्ताभन्दा बढी आवेदन दिने ४२ हजार ८८२ मध्ये ३७ हजार ५३ जनाले २० कित्तासम्म शेयर पाएका छन्।