नेपाल बीमा प्राधिकरणले सार्वजनिक गर्‍यो ३७ बीमा कम्पनीको अद्यावधिक सूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल बीमा प्राधिकरण ले ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ। बुधबार जारी सूचनाअनुसार चैत मसान्तसम्मको तथ्यांकका आधारमा बीमा ऐन २०७९ को दफा ३५ बमोजिम सूची सार्वजनिक गरिएको हो।

प्राधिकरणका अनुसार देशभर १४ वटा जीवन बीमा कम्पनी र १४ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन्।

यस्तै २ वटा पुनर्बीमा कम्पनी तथा ७ वटा लघुबीमा कम्पनी पनि सञ्चालनमा रहेको जनाइएको छ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीमा प्रत्येक कम्पनीको चुक्ता पुँजीसम्बन्धी विवरण पनि समावेश गरिएको छ।