खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना सामान्य घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। बिरामी लिन गएको उक्त हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दिएकी छन्।

केपिलासगढी गाउँपालिका–२ का वडाध्यक्ष मिलन राईका अनुसार दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।