कम्बोडियामा अलपत्र १६ नेपालीको उद्धार,

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट Cambodia पुगेका १६ जना नेपालीको उद्धार गरिएको छ। उनीहरू त्यहाँका अवैध स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काम गर्न बाध्य बनाइएका थिए।

Embassy of Nepal in Bangkok ले Cambodia सरकार र Non-Resident Nepali Association को सहयोगमा उनीहरूलाई बिहीबार नेपाल फर्काइएको जनाएको छ।

दूतावासले विज्ञप्ति जारी गर्दै अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकलाई पनि स्वदेश फर्काउन पहल भइरहेको जानकारी दिएको छ।

दूतावासका अनुसार Cambodia मा केही नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा संलग्न गराइएको र बिनाभिसा वा भिसा अवधि समाप्त भएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको छ।

यस विषयमा थप जानकारी संकलन गर्दै अन्य नेपालीको उद्धारका लागि पहल जारी रहेको दूतावासले जनाएको छ।