उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का Surya Bahadur Tamang कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको खुलेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तामाङ रास्वपाबाट विजयी भएका थिए। उनले १४ हजार ८०२ मत प्राप्त गर्दै जीत हासिल गर्दा Ambar Bahadur Rayamajhi ले ७ हजार ६४८ मत प्राप्त गरेका थिए। त्यस्तै Ram Kumar Rai ले ७ हजार २९०, Suresh Kumar Rai ले ५ हजार १९७ तथा Balraj Rai ले ४ हजार १३९ मत पाएका थिए।
निर्वाचन परिणाम सार्वजनिक भएपछि तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको हो। कर्जा सूचना केन्द्रका अनुसार तामाङ संलग्न कम्पनी Makalu Kanjiruwa Auto Link Pvt. Ltd. चेक बाउन्स प्रकरणका कारण कालो सूचीमा परेको छ। केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालो सूचीको १०१,५१४ नम्बरमा रहेको छ।
उक्त कम्पनीका सञ्चालक तामाङसँगै लीला राई पनि रहेको उल्लेख गरिएको छ।
यसअघि कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पुष्टि भएपछि धनुषा–१ बाट रास्वपाका उम्मेदवार Kishori Sah Kamal को उम्मेदवारी Election Commission of Nepal ले खारेज गरेको थियो। साहको उम्मेदवारी खारेज भएपछि सो क्षेत्रबाट Matrika Prasad Yadav निर्वाचित भएका थिए।
आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साहले Supreme Court of Nepal मा मुद्दा दायर गरेका छन्। अदालतका न्यायाधीश Nripdhwaj Niraula को एकल इजलासले निर्वाचन आयोगलाई सम्बन्धित फाइलसहित फागुन २९ गते उपस्थित हुन आदेश दिएको छ।
धनुषा–१ मा मत परिणामअनुसार साहको पक्षमा बढी मत आए पनि उम्मेदवारी खारेज भएकाले आयोगले मातृका प्रसाद यादवलाई प्रमाणपत्र प्रदान गरेको थियो।







प्रतिक्रिया