


4
एशियन कप फुटबल प्रतियोगिताबाट बाहिरिएपछि इरानको महिला फुटबल टोलीका पाँच खेलाडीलाई अष्ट्रेलियाले मानवीय भिसा प्रदान गरेको छ।
अष्ट्रेलियाका आप्रवासन मन्त्री टोनी बर्कका अनुसार ती खेलाडीहरूलाई सुरक्षित स्थानमा राखिएको छ। भिसा पाउने खेलाडीहरूमा फातेमा पसन्दिदेह, जाहरा घनबारी, जाहरा सरबली, अतेफे रमजानजादेह र मोना हमौदी रहेका छन्।
अष्ट्रेलिया सरकारले अन्य खेलाडीहरूले पनि चाहेमा उनीहरूलाई समेत अष्ट्रेलियामा बस्ने अनुमति दिन सकिने जनाएको छ।
गत साता दक्षिण कोरियाविरुद्धको खेलअघि इरानी टोलीले राष्ट्रगान नगाएको विषयलाई लिएर इरानभित्र केही समूहले टोलीको आलोचना गरेका थिए। कतिपयले खेलाडीहरूमाथि कडा कारबाहीको माग गरेपछि उनीहरूको सुरक्षाबारे चिन्ता बढेको थियो।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले पनि ती पाँच खेलाडीलाई मानवीय भिसा दिइएको पुष्टि गरेका छन्। उक्त भिसाले उनीहरूलाई अष्ट्रेलियामा बस्न, काम गर्न तथा अध्ययन गर्न अनुमति दिन्छ।
यसैबीच डोनाल्ड ट्रम्पले आवश्यक परे संयुक्त राज्य अमेरिका पनि ती खेलाडीलाई शरण दिन तयार रहेको बताएका छन्।







प्रतिक्रिया