गृहमन्त्री अर्याल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओमप्रकाश अर्यालसँग नेपालका लागि चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। गृहमन्त्रालयस्थित कार्यकक्षमा भएको भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्ध र आपसी सहयोगका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।

भेटका क्रममा गृहमन्त्री अर्यालले राजदूत माओमिङको कार्यकाल सफल रहोस् भन्ने कामना गर्दै नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

गृहमन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्तो सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे। उनले दूरसञ्चार तथा ‘साइबर क्राइम’ जस्ता क्षेत्रमा सहयोग र सहकार्य थप आवश्यक रहेको पनि बताए।

भेटका क्रममा राजदूत माओमिङले नेपालले सफलतापूर्वक आम निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन्। साथै उनले नेपाल र चीनबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।