जेन–जी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन आज बुझाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको हताहती तथा विध्वंसबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सोमबार सरकारलाई प्रतिवेदन बुझाउने भएको छ।

कार्की नेतृत्वको आयोगको टोली प्रतिवेदन बुझाउन अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य एवं पूर्वडीआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन मन्त्रिपरिषद् कार्यालय पुगेको हो।

आयोगका कर्मचारीहरू प्रतिवेदनका ढड्डा तथा आवश्यक कागजातहरू बोकेर कार्यालयमा पुगिसकेको जनाइएको छ। प्रतिवेदन बुझाइसकेपछि आयोगले पत्रकार सम्मेलन गरी मुख्य विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारद्वारा उक्त आयोग गठन गरिएको थियो।