ओखलढुंगामा ५ मतको अन्तरले रास्वपाका विश्वराज पोखरेल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन्।

पूर्व एआईजीसमेत रहेका पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेल भने केवल ५ मतको झिनो अन्तरले पराजित भएका छन्। लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन्।

ओखलढुंगामा निकै प्रतिस्पर्धात्मक भएको मतगणनामा अन्ततः रास्वपाका पोखरेल झिनो अन्तरले विजयी भएका हुन्।