प्रतिनिधिसभा निर्वाचन : कांग्रेसले ५ क्षेत्रमा जित्दा रास्वपाको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभा निर्वाचनको हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले पाँच क्षेत्रमा जित हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० सिटमा विजय हासिल गर्दै अग्रता बनाएको छ भने नेकपा (एमाले)ले एक स्थानमा मात्र जित निकालेको छ। त्यस्तै नेकपाले दुई क्षेत्रमा विजय हासिल गरेको छ।

कांग्रेसका तर्फबाट दैलेख–१ मा बासना थापाले १२ हजार ३७२ मत प्राप्त गर्दै विजयी भएकी छन्। त्यसैगरी मनाङमा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेका छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।

त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन्। तेह्रथुममा सन्तोष सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।