नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचन २०८२ मा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिंगो टिमलाई बधाई तथा शुभकामना दिएका छन्। उनले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गर्दै विजयी उम्मेदवारहरूलाई सफल कार्यकालको कामना गरेका हुन्।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा हार्दिक अनुरोध गर्दछु।’

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचन २०८२ मा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिंगो टिमलाई बधाई तथा शुभकामना दिएका छन्। उनले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गर्दै विजयी उम्मेदवारहरूलाई सफल कार्यकालको कामना गरेका हुन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रास्वपाका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी सबै प्रतिनिधिहरूलाई बधाई दिएका छन्। उनले लेखेका छन्, “आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको छ। जनताले ‘नयाँबाट केही हुन्छ कि’ भन्ने विश्वासका साथ अभिमत दिएका छन्। जनविश्वासअनुसार अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना।”

यसैगरी उनले आफ्नो निर्वाचन क्षेत्रमा पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन्। परिवर्तनको लहरका कारण यसपटक सफलता हासिल गर्न नसकिएको उल्लेख गर्दै उनले अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन्।

पोखरेलले दाङ–२ बाट निर्वाचित रास्वपाका विपिन आचार्यलाई पनि बधाई दिएका छन्। उनले लेखेका छन्, “म उम्मेदवार भएको प्रतिनिधिसभा–२ निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन आचार्य निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।”

अन्त्यमा उनले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक रहेको उल्लेख गर्दै निराश नहुन र सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा लागिरहन सबैलाई आग्रह गरेका छन्। उनले भनेका छन्, “जिन्दगी हो—हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ।”