इरानको सर्वोच्च नेता आयातोल्लाह अली खामेनी को मृत्यु भएको सरकारी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्।
इरानका सरकारी टेलिभिजन तथा मिडिया आउटलेटहरूले खामेनीको मृत्यु पुष्टि गरेको जनाइएको छ। त्यस्तै, अर्धसरकारी समाचार संस्था फार्स न्युजलाई उद्धृत गर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नातिको समेत मृत्यु भएको जानकारी दिएको छ।
पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरे पनि इरानी अधिकारीहरूले सुरुदेखि नै उनी सुरक्षित रहेको बताउँदै आएका थिए। तर, आइतबार बिहान इरानी अधिकारीहरूले समेत उनको मृत्यु पुष्टि गरेका छन् भन्ने समाचार रोयटर्सले उल्लेख गरेको छ।
इरानमा खामेनीको मृत्युपछि ४० दिने सार्वजनिक शोक घोषणा गरिएको पनि रिपोर्ट गरिएको छ।
पछिल्लो घटनाक्रम
शनिबार बिहान अमेरिका र इजरायलको संयुक्त आक्रमण भएको बताइन्छ। राजधानी तेहरानस्थित खामेनीको घर नजिकै ठूलो विस्फोटको आवाज र धुवाँका मुस्लो देखिएको भिडियो तथा तस्बिरहरू सार्वजनिक भएका छन्।
आक्रमणपछि डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय भाषणमा इरानी नागरिकहरूका लागि सत्ता नियन्त्रण गर्ने “सुनौलो अवसर” आएको बताएका थिए।
८६ वर्षका खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताको रूपमा सेवा गर्दै आएका थिए, जुन देशको सबैभन्दा उच्च राजनीतिक र धार्मिक पद हो।







प्रतिक्रिया