नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ तथा प्रतिदश ग्राम ४ हजार ३३० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरमा आएको उतार–चढावका कारण स्थानीय बजारमा मूल्यमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।







प्रतिक्रिया