सामाजिक अभियन्ता आशिका तामाङ आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी छन्। रास्वपाले उनलाई धादिङ–१ बाट टिकट दिएको हो।
यसअघि काठमाडौं क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएकी तामाङले रास्वपाको समानुपातिक सूचीको समेत कडा आलोचना गरेकी थिइन्। तर अन्ततः उनी प्रत्यक्षतर्फ रास्वपाबाटै उम्मेदवार बनेकी हुन्।
जेन–जी आन्दोलनपछि घाइते र शहीद परिवारलाई उनले पुर्याएको सहयोगको चौतर्फी प्रशंसा भएको थियो। त्यसअघि पनि तामाङ देशका विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गर्दै भ्रष्टाचारविरुद्ध सक्रिय रूपमा आवाज उठाउँदै आएकी थिइन्।
रास्वपाबाट उम्मेदवार बनेसँगै तामाङको उम्मेदवारीलाई धादिङ–१ मा परिवर्तनको सन्देशका रूपमा हेरिएको छ।







प्रतिक्रिया