रास्वपा वरिष्ठ नेता बालेन शाह जनकपुर पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जनकपुर पुगेका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि पार्टी कार्यालय घण्टीघर पुगेका शाह त्यसपछि जनकपुरतर्फ प्रस्थान गरेका हुन् ।

वरिष्ठ नेता शाह रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन् । उनीहरूलाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।

रास्वपाले जनकपुरमा आयोजना गर्न लागेको चुनावकेन्द्रित कार्यक्रमका लागि शाह जनकपुर पुगेको बताइएको छ । मेयर पदबाट राजीनामा दिएपछि शाहको यो पहिलो सार्वजनिक राजनीतिक गतिविधि भएको भन्दै समर्थकहरूमा उत्साह देखिएको छ ।