नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्दै नयाँ उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि सोमबार सुन तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासङ्घका अनुसार चाँदी तोलामा १ सय ४५ रुपैयाँले वृद्धि हुँदै तोलाको ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। यो पनि चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो। सोमबार चाँदी तोलाको ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।









प्रतिक्रिया